शेखर समूहको बैठक आज, के छ एजेण्डा? - Chaitanya News
  • 2026-11-16
  • 15:11:57
  • सोमबार,मंसिर ०१, २०८३
  • शेखर समूहको बैठक आज, के छ एजेण्डा?

    शेखर समूहको बैठक आज, के छ एजेण्डा?

    काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ। बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ।

    बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ। उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए।

    बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने बताइएको छ।