सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको कति? - Chaitanya News
  • 2026-05-26
  • 17:55:39
  • मंगलबार,जेठ १२, २०८३
  • सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको कति?

    सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको कति?

    काठमाडौँ– आज साताको पहिलो कारोबार दिन (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य सूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो।

    महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ।

    गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको महासंघको भनाई छ।

    सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ। जुन, गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो।