काठमाडौँ– आज ठुलो भारतीय गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम रहेको छ। कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तय गर्दै थोक बजारमा भारतीय गोलभेँडा ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको जनाएको हो।
यसबाहेक, आज सानो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ भने टनेल सानो गोलभेँडाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ। यस्तै, रातो आलु प्रतिकिलो ५७ रुपैयाँमा बिकिरहेको छ भने सुकेको प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम छ । यता लोकल गाजरको थोक मूल्य किलोमा १२५ रुपैयाँ हुँदा बन्दा ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सेतो मुलाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ र बोडी ५५ रुपैयाँ छ। यसबाहेक घिउ सिमी प्रतिकिलो ६५ रुपैयाँ, टाटे सिमी ७५ रुपैयाँ र तिते करेलाको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ। यसबाहेक, परवर ४५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, पाकेको फर्सीको मूल्य प्रतिकिलो ४७ रुपैयाँ रहेको जनाइएको छ।