विद्युत प्राधिकरणका आय सङ्कलन काउन्टरहरु भोलिका लागि बन्द हुने - Chaitanya News
  • 2026-05-26
  • 17:55:18
  • मंगलबार,जेठ १२, २०८३
  • विद्युत प्राधिकरणका आय सङ्कलन काउन्टरहरु भोलिका लागि बन्द हुने

    विद्युत प्राधिकरणका आय सङ्कलन काउन्टरहरु भोलिका लागि बन्द हुने

    काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका आय सङ्कलन काउन्टरहरु भोलि बन्द हुने भएको छ।

    प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय सङ्कलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो। विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुँदा उक्त दिन काउन्टरहरु बन्द गर्न लागिएको हो।

    विश्वकर्मा पूजाको खर्च सङ्कलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम सङ्कलनसमेत गरिएको छ।