सरकारले अघि बढायो सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया - Chaitanya News
  • 2026-11-16
  • 15:21:58
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारले अघि बढायो सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया

    सरकारले अघि बढायो सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया

    काठमाडौं– सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढाएको छ।

    आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रया अघि बढेको जानकारी गराए।

    ‘अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ। यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

    भदौ ६ गते संसदमा रहेका सात दलबीच सुन तस्करी छानबिनबारे दुई बुँदे सहमति भएको थियो। जहाँ सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने उल्लेख छ।

    साउन ३ गते सिनामंगलबाट बरामद भएको साढे ६० किलो सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ।