शान्ति प्रक्रिया टुङ्ग्याउन नेपालले गरिरहेको प्रयासबारे राष्ट्रसङ्घलाई जानकारी दिन्छु : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 15:22:03
  • सोमबार,मंसिर ०१, २०८३
  • शान्ति प्रक्रिया टुङ्ग्याउन नेपालले गरिरहेको प्रयासबारे राष्ट्रसङ्घलाई जानकारी दिन्छु : प्रधानमन्त्री प्रचण्ड

    शान्ति प्रक्रिया टुङ्ग्याउन नेपालले गरिरहेको प्रयासबारे राष्ट्रसङ्घलाई जानकारी दिन्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्ग्याउन नेपालले गरिरहेको प्रयासबारे संयुक्त राष्ट्रसङ्घलाई जानकारी दिने बताएका छन्।

    आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयास अन्तर्राष्ट्रिय सद्भाव खोज्ने, जानकारी गराउने, अतिकम विकसित मुलुकबाट दीगो र स्थायीरूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीहरूबारे विश्व समुदायको ध्यानाकर्षण गर्नेलगायतका काम हुने बताए।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शनिवार अमेरिका प्रस्थान गर्दैछ।