काठमाडौँ– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। आज शुक्रवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन गरेको हो ।
शर्मालाई न्याय परिषद्को गएको भदौ १० गते बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उहाँलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।