प्रधानमन्त्री प्रचण्कोको चीन भ्रमण: चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता - Chaitanya News
  • 2026-11-16
  • 15:54:33
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री प्रचण्कोको चीन भ्रमण: चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता

    प्रधानमन्त्री प्रचण्कोको चीन भ्रमण: चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने बताएका छन्।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ। आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो।’

    उनका अनुसार चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता हुनेछ । लगतै उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन्।