राप्ती लोकमार्गलाई पूर्ण मापदण्डअनुसार सुधार गरिनेछ : मन्त्री ज्वाला - Chaitanya News
  • 2026-07-13
  • 17:20:35
  • सोमबार,आषाढ २९, २०८३
  • राप्ती लोकमार्गलाई पूर्ण मापदण्डअनुसार सुधार गरिनेछ : मन्त्री ज्वाला

    राप्ती लोकमार्गलाई पूर्ण मापदण्डअनुसार सुधार गरिनेछ : मन्त्री ज्वाला

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राप्ती लोकमार्गलाई पूर्ण मापदण्डअनुसार सुधार गरिने बताएका छन्। राप्ती लोकमार्गमा पछिल्लो समय अत्यधिक दुर्घटनाका कारण यात्रुले ज्यान गुमाएको भन्दै लोकमार्गको सुधारमा आफ्नो विशेष ध्यान केन्द्रित भएको बताए।

    मन्त्री ज्वालाले यसै चालू आवमा काम सम्पन्न गर्ने गरी ९० करोड बजेट विनियोजन भई ठेक्का प्रक्रियामा रहेकाले लोकमार्गमा सुरक्षित यात्रा गर्ने वातावरण बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताए। उनले राप्ती लोकमार्गको पूर्ण सुधारको काम सम्पन्न गर्न अनुमानित ३ अर्ब ६० करोडको बजेट लाग्ने देखिएकाले बजेट व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताए।