नेकपा एसले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्यमा मनोनित - Chaitanya News
  • 2026-11-16
  • 15:52:23
  • सोमबार,मंसिर ०१, २०८३
  • नेकपा एसले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्यमा मनोनित

    नेकपा एसले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेको सो पार्टीले जनाएको छ।

    अध्यक्ष माधव नेपालले अन्तर पार्टी निर्देशन जारी गर्दै अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उल्लेख गरेका छन्।

    केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी रहेका छन्। त्यसैगरी धनबहादुर कार्की,धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

    यी हुन् केन्द्रीय सदस्यमा मनोनित भएका २१ जनाः 

    १. अजबहादुर मल्ल – बाजुरा

    २. ओमचरण अमात्य- भक्ततपुर

    ३. गौतम राई – काठमाडौँ

    ४. गोविन्द चेपाङ -मकवानपुर

    ५. चन्द्रा श्रेष्ठ -झापा

    ६. चिरञ्जीवी भट्टराई -सुनसरी

    ७. जयप्रकाश यादव – बारा

    ८. दिपक केसी – काठमाडौँ

    ९. धनबहादुर कार्की – रामेछाप

    १०. धर्म शाही – मुगु

    ११. नन्द बञ्जाडे – काठमाडौं

    १२. बरुनाथ योगी – दैलेख

    १३. बैकुण्ठ भुसाल -पर्बत

    १४. भक्तिमान सुब्बा- पाँचथर

    १५. मिना लामा -मकवानपुर

    १६. रामप्रसाद ढुङाना – काठमाडौँ

    १७. लंक हमाल – कपिलवस्तु

    १८. शालिकराम भट्टराई-नवलपरासी पूर्व

    १९. शिवकुमारी खनाल- काठमाडौँ

    २०. शैलेन्द्र उपाध्याय- रूपन्देही

    २१. सुदेश पराजुली- काठमाडौँ