साबिकदेखि हुने गरेको अनियमितता रोक्न सामान्य प्रशासनमन्त्री साहलाई सीके राउतले दिए ६ सुझाव - Chaitanya News
  • 2026-11-16
  • 15:52:18
  • सोमबार,मंसिर ०१, २०८३
  • साबिकदेखि हुने गरेको अनियमितता रोक्न सामान्य प्रशासनमन्त्री साहलाई सीके राउतले दिए ६ सुझाव

    साबिकदेखि हुने गरेको अनियमितता रोक्न सामान्य प्रशासनमन्त्री साहलाई सीके राउतले दिए ६ सुझाव

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले साबिकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन्।

    जनमतबाट मन्त्री बनेकी शाहलाई मन्त्रालयमा साबिकदेखि हुने गरेको अनियमितता रोक्न छलफलपछि ६ सुझाव दिएका हुन्।

    उनले निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै आफूहरूको उद्देश्य भएकाले मन्त्रालय परिसरमा चलखेल रोक्न सिसिटिभी जडान गर्ने, बिचौलियाको प्रवेश रोक्ने र कसैले कसैसँग पैसा लिएर सरुवा बढुवा गर्ने चलखेल रोक्न सुझाएका छन्।

    उनले भनेका छन्, ‘कुनै बिचौलिया, कर्मचारी वा जोसुकैले सेवाग्राहीसँग सरुवा बढुवाको लागि पैसा मागेको छ भने ठोस प्रमाणसहित हामीलाई जानकारी गराउनुस्।

    पैसा कमाउने नियतले नै रहेका मन्त्रालयका कर्मचारीहरूलाई अन्यत्र सरुवा गर्न भनेका छन्। इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको लागि पहल गर्ने, निजामती सेवा ऐनमा समेट्नु पर्ने वा संशोधन गर्नुपर्ने बताएका छन्।