काठमाडौँ– सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको मन्त्रालयको भनाई छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार चिनी आयातको अनुमति माग गरेको थियो।
तर, नेपाली बजारमा चिनी रहेको र बजार मूल्यमा हस्तक्षेपका लागि सो परिमाणमा चिनीको भन्सारमा सहुलियत दिएको अर्थ मन्त्रालयले जनाएको छ।