उप महानिर्देशकसहित नौ सहसचिवको सरुवा - Chaitanya News
  • 2026-05-28
  • 13:32:40
  • बिहिबार,जेठ १४, २०८३
  • उप महानिर्देशकसहित नौ सहसचिवको सरुवा

    उप महानिर्देशकसहित नौ सहसचिवको सरुवा

    काठमाडौँ– उप महानिर्देशकसहित नौ जना सहसचिवको सरुवा भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागका उपमहानिर्देशकसहित केन्द्र, महाशाखा, आयोजनालगायतका सुईहरूको सरुवा गरेको हो।

    सडक विभागका उपमहानिर्देशक नरेशमान शाक्यलाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा भएको छ। यसै गरी सङ्घीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय इटहरीका प्रेम प्रकाश खत्रीलाई उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना, ललिजन खनाललाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट उपमहानिर्देशक सडक विभागमा ल्याइएको छ।

    यसैगरि हरि कुमार पोखरेललाई पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजनाबाट सडक विभाग, पुलमा, श्यामबहादुर खड्कालाई उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारबाट सङ्घीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत, अजय कुमार मूललाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट हुलाकी राजमार्ग आयोजना निर्देशनालय, विनोद कुमार मौवारलाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयबाट सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकमा सरुवा गरिएको छ।

    हुलाकी राजमार्ग आयोजनाका शुभ राज न्यौपानेलाई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखरा र जलमार्ग आयोजनाका सुई कुवेर नेपालीलाई पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको विवरण छ।