काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताहरूमा संघीयता बेकार भन्ने भावना उठ्न थालिसकेको बताएका छन्।
बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै संविधानले दिएको अधिकार प्रयोग नगरे संघीयता नचल्ने बताए।
उनले भने, ‘अहिले संघीयता चलेको छैनौँ भन्छौँ नि। नचल्ने कारण केही पनि छैन। संविधानले दिएको अधिकार हामीले प्रदेशलाई पुर्याइदिऔं भने संघीयता चलिहाल्छ। तर, हाम्रो सोचाइ विचार र चिन्तन पावर तल दिनु हुँदैन भन्ने छ।’