सुन तस्करीमा संलग्नविरुद्ध छु्ट्टाछुट्टै ४ वटा मुद्दा चलाउन सीआईबीको राय - Chaitanya News
  • 2026-11-16
  • 15:42:11
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करीमा संलग्नविरुद्ध छु्ट्टाछुट्टै ४ वटा मुद्दा चलाउन सीआईबीको राय

    सुन तस्करीमा संलग्नविरुद्ध छु्ट्टाछुट्टै ४ वटा मुद्दा चलाउन सीआईबीको राय

    काठमाडाैँ– केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी_ले सुन तस्करी प्रकरणमा संलग्नहरुविरुद्ध छु्ट्टाछुट्टै ४ वटा मुद्दा चलाउन जिल्ला अदालत काठमाडौँलाई राय दिने भएको छ।

    सीआईबीका एसपी संजयसिंह थापाले भन्सार ऐन २०६४ को दफा ५७ -१_ -३_ को १ -ख_, संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन राय दिइएको बताए।

    सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा फरार १८ जनासहित ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ।