काठमाडौँ– ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ परेका छन। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमात्रै ८ जना पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो ) सीआईबीले बताएका छन्।
यस्तै भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन्। यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेको प्रहरीले जनाएको छ।
सीआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अबलम्बन भएको जनाएको छ। पत्रकार सम्मेलनमा डीआईजी यज्ञविनोद पोखरेलले फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको बताए।
उनले अनुसन्धानका क्रममा थप विवरण खुलेको खण्डमा पुरक मुद्दा पनि लैजान सकिने बताए। सीआईबीले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा १८ फरारसहित ५० जनालाई प्रतिवादी बनाउन जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ।