गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य सम्पत्ति शुद्धिकरण हो। गैरकानूनी रुपमा आर्जित आयलाई संकलन, कारोवार र संग्रहको रुपलाई विभिन्न चरणमा परिवर्तन वा रुपान्तरण मार्फत वैध बनाउने प्रयास वा प्रक्रिया सम्पत्ति शुद्धिकरण हो। सम्पत्ति शुद्धिकरण वित्तीय कारोवारको त्यस्तो डरलाग्दो पक्ष हो जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी हैसियत दिने प्रयास गरिन्छ। यसरी हुने आय आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको रुपमा प्रयोग हुने वा आतङ्कवादी क्रियाकलापमा भएको वित्तीय लगानीले आयको अर्को नयां श्रृङ्खला जन्माउन सक्दछ। व्यक्तिगत वा सांगठनिक रुपमा हुने आतङ्कवादी क्रियाकलापहरूमा प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक सहयोग गर्ने कार्यलाई आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी हो।राज्य संयन्त्रको कमजोर पक्षलाई उपयोग गरी विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रियामार्फत यस्तो कारोवार गर्ने गरेको पाइन्छ।
यस्तो क्रियाकलाप निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरही राज्यको समग्र कानूनी, वित्तीय र सुरक्षा प्रणालीलाई कमजोर बनाई अपराध र अपराधीलाई नै शक्तिशाली बनाउँछ। यसको अतिरिक्तले मुलुकको वित्तीय प्रणालीको सकारात्मक अन्तर सम्बन्ध, सन्तुलन तथा विकासमा नकारात्मक असर पुर्याई समग्र विश्व वित्तीय प्रणालीमा समेत गम्भीर असर पुर्याउँछ। यसै कारणले सम्पत्ति शुध्दीकरण नियन्त्रण सर्व सरकारहरूको साझा सरोकारको विषय हो। सम्पत्ति शुध्दिकरण प्रभावकारी रुपमा नियन्त्रण नभएसम्म मुलुकमा स्थिरता, स्थायित्व तथा समुन्नती कायम हुन नसक्ने भएकोले विश्वका अधिकांश मुलुकहरूले यस सम्बन्धमा विशेष रणनीतिक रुपमा कानूनी, संरचनागत र अनुसन्धानात्मक व्यवस्था गरेका छन्। नेपालले पनि यस्ता अपराधहरूको प्रभावकारी निवारण गर्न रणनीतिक रुपमा निवारणात्मक, नियन्त्रणात्मक तथा दण्डात्मक व्यवस्था गर्दै आएकोछ।
सम्पत्ति शुद्धिकरणका प्रमुख सम्भाव्य क्षेत्रहरू
सम्पत्ति शुद्धिकरणका तहहरू
(क) गैर कानूनी रुपमा प्राप्त आयको संग्रह गर्ने
पहिलो चरणमा गैर कानूनी रुपमा प्राप्त आयलाई कुनै बैंक वा वित्तीय संस्थामा जम्मा हुने गर्दछ। यस्तो रकम विभिन्न रुप खास गरी निक्षेप, मनी अर्डर, धनादेश, द्रुत संदेश, तार स्थानांतरण वा अन्य उपयुक्त विधिबाट बैंक तथा वित्तीय संस्थामा जम्मा हुने गर्दछ। सम्भावित आशंकाबाट वच्नको लागि ठूल मात्राको रकमलाई खण्ड खण्ड गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गर्ने र आवश्यकता अनुसार प्रयोग गर्ने गरिन्छ।
(ख) रकमको खण्डीकरण र तहीकरण गर्ने
दोश्रो चरणमा त्यस्तो रकमको स्रोत एवं उत्पत्तिको जानकारी मेटाउने वा आशंका उत्पन्न नहाृस भननाका लागि थप अलग्याउने वा दुरी बढाउने प्रयास गरिन्छ। यसका लागि विभिन्न जटिल एवं बहु–चक्रीय वित्तीय कारोवारको सहारा लिने गरिन्छ। यस अन्तरगत शेयर, डिवेन्चरको खरिद–विक्री गर्ने, देश भित्रै वा वाहिरका विभिन्न देशमा आफ्नो वा आफन्तको नाममा रहेका खाताहरूमा दूरसंचारमार्फत रकम स्थानान्तरण गर्ने तथा अस्तित्वमा नभएका वस्तु तथा सेवाको भूक्तानी गर्ने जस्ता क्रियाकलापहरू देखाएर त्यस्तो रकमको तहकिकरण हुने गर्दछ।
(ग) सम्पत्तिको एकीकरण र मूलप्रवाहीकरण गर्ने
यस चरणमो विभिन्न क्षेत्रहरूमा छरेर राखिएको रकमलाई एकीकृृृत गरी बैधानिक क्षेत्रमा प्रवाह गर्ने गरिन्छ। यस क्रममा घरजग्गा कारोवार, व्यापार व्यवसाय, स्थायी सम्पत्ति वा संस्थागत क्षेत्र आदिमा लगानी हुने गर्दछ। यसरी पटक पटकको स्थानान्तरण र वैध बनाउने प्रयास बाट गैर कानूनी आम्दानीलाई शुद्ध सम्पत्तिको रुपमा रुपान्तरण गरी शुद्धिकरण गर्ने कार्य सम्पन्न हुने गर्दछ।
सम्पत्ति शुद्धिकरण निवारण किन
सम्पत्ति शुध्दीकरण नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तहको भूमिका
प्रबध्र्दनात्मक कार्य
निदानात्मक कार्य
उपचारात्मक कार्य
उपसंहार
सम्पत्ति शुध्दीकरण प्रभावकारी रुपमा नियन्त्रणका लागि हालको कानूनी, संस्थागत र प्रक्रियागत व्यवस्थालाइ संघीय संरचना अनुरुप परिमार्जन गरिएमा संभावित अपराधहरूको प्रभावकारी रुपमा न्यूनीकरण र निवारण गर्न सहयोग पुग्ने र राज्य संयन्त्रको साझा प्रयासबाट सम्पत्ति शुध्दीकरण नियन्त्रणको कार्य समन्वयकारी र प्रभावकारी रुपमा अगाडी बढ्न सक्ने देखिन्छ।
(डा. दामोदर रेग्मी कुशल प्रशासक, लेखक तथा गीतकार हुन्)