काठमाडौँ– लुम्बिनी प्रदेशको चालु वर्षे अधिवेशन अन्त्य भएको छ। आज (मंगलवार) राती १२ बजेदेखि अन्त्य हुने गरी मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका विभिन्न स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए।
त्यसै गरेर बैठकले प्रदेश सरकारका सङ्गठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ।