नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-09-07
  • 01:36:04
  • आइतबार,भाद्र २१, २०८३
  • नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

    नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

    काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन्। आज (सोमबार) नाडा अटो शोको उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले भने, ‘नियम निकायले सानु सानु कुरामा हस्तक्षेप गर्नु भएन। घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ। निजी क्षत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौँ। सबै तिरबाट सुधार हुँदैछ। यस्तै नेपाल राष्ट्र बैंकले सानु सानु कुरामा हस्तक्षेप गरेको समेत अर्थमन्त्रीले बताए।

    नाडाका अध्यक्ष ध्रुव थापाले सरकारले अटोलाई विलासीको वस्तुको रूपमा हेरेकोले समस्या भएको उनको भनाइ छ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा समस्या आएको बताए।