स्थानीय तहको नतिजाले गोरखामा लोभ्यायो : प्रचण्ड - Chaitanya News
  • 2026-04-25
  • 03:07:54
  • शुक्रबार,बैशाख ११, २०८३
  • स्थानीय तहको नतिजाले गोरखामा लोभ्यायो : प्रचण्ड

    स्थानीय तहको नतिजाले गोरखामा लोभ्यायो : प्रचण्ड

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मत परिणामले गोरखामा उम्मेदवारी दिन हौस्याएको बताएका छन्।

    पाटेचौरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले गोरखाका अधिकांश पालिका माओवादीले जितेका कारण आफू गोरखा आएको बताएका हुन्।

    उनले गोरखामा पार्टीले निकालेको परिणामका कारण आफू गोरखा आएको र त्यहाँ पार्टीले चुनाव हारेको भए आफू नआउन सक्ने पनि बताएका छन्।

    पहिले चितवन ३ बाट उम्मेदवारी दिने तयारीमा रहेका प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा २ बाट उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा यसअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव जितेका थिए। तर, उनी यसपटक चुनावी दौडमा छैनन्।

    आफूले पार्टीका नेता नारायणकाजी श्रेष्ठसँग सल्लाह गरेर यो फैसला लिएको पनि प्रचण्डले कार्यक्रममा बताए।