जनताको सेवाका लागि कर्मचारीको दरबन्दी थप गर्छौँ : मन्त्री बस्नेत - Chaitanya News
  • 2026-11-16
  • 15:49:01
  • सोमबार,मंसिर ०१, २०८३
  • जनताको सेवाका लागि कर्मचारीको दरबन्दी थप गर्छौँ : मन्त्री बस्नेत

    जनताको सेवाका लागि कर्मचारीको दरबन्दी थप गर्छौँ : मन्त्री बस्नेत

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि कर्मचारीको दरबन्दी थप गर्ने बताएका छन। आज (मंगलबार )चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको समेत बताए।

    मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै यस्तै अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए।

    उनले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारे। अस्पतालहरूमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उनले जनताको सेवाका लागि दरबन्दी थप गरिने उल्लेख गरे। दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको उनको भनाइ छ।