सुवास नेम्वाङको निधनमा पार्टीको झन्डा आधा झुकाएर एमालेले तीन दिनसम्म शोक मनाउने, सबै कार्यक्रम स्थगित - Chaitanya News
  • 2026-11-16
  • 15:49:03
  • सोमबार,मंसिर ०१, २०८३
  • सुवास नेम्वाङको निधनमा पार्टीको झन्डा आधा झुकाएर एमालेले तीन दिनसम्म शोक मनाउने, सबै कार्यक्रम स्थगित

    सुवास नेम्वाङको निधनमा पार्टीको झन्डा आधा झुकाएर एमालेले तीन दिनसम्म शोक मनाउने, सबै कार्यक्रम स्थगित

    काठमाडौँ– नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। आज (मंगलबार) पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले तीन दिनसम्म शोक मनाउने र पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएको बताए।

    पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको उनले बताए।

    उनले पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए।