काठमाडौँ– पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि एमालेले बैठक बोलाएको हो।
बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ। नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो।