अग्निप्रसाद सापकोटाले भने: संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय - Chaitanya News
  • 2026-11-16
  • 15:48:59
  • सोमबार,मंसिर ०१, २०८३
  • अग्निप्रसाद सापकोटाले भने: संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय

    अग्निप्रसाद सापकोटाले भने: संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्। आज शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरे।

    संविधान सभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्व सभामुख सापकोटाले स्मरण गरे। नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने बताए।