काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ठुलो गोलभेँडा र लोकल गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ कायम रहेको जनाएको छ। यस्तै, सानो गोलभेँडाको थोक मूल्य प्रतितोला ५० रुपैयाँ छ।
यसबाहेक, रातो आलुको मूल्य प्रतिकिलो ५७ रुपैयाँ मुडे आलुको मूल्य ५१ रुपैयाँ छ। सुकेको प्याजको थोक मूल्य प्रतिकिलो ६८ रुपैयाँ कायम हुँदा बन्दाको मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ। यस्तै, काउलीको मूल्य प्रतिकिलो ९६ रुपैयाँ र लाम्चो भन्टाको मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ।
यस्तै, बोडी प्रतिकिलो ५५ रुपैयाँ, तिते करेला ८८ रुपैयाँ, लौका ३५ रुपैयाँ, परवर ४६ रुपैयाँ छ भने घिरौँला ३५ रुपैयाँ र भिण्डीको थोक मूल्य प्रतिकिलो ३४ रुपैयाँ रहेको जनाइएको छ।