सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर च्यासलमा राखेर बुधबार अन्त्येष्टि गरिने - Chaitanya News
  • 2026-11-16
  • 15:49:07
  • सोमबार,मंसिर ०१, २०८३
  • सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर च्यासलमा राखेर बुधबार अन्त्येष्टि गरिने

    सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर च्यासलमा राखेर बुधबार अन्त्येष्टि गरिने

    काठमाडौँ– संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा राखेर बुधबार) अन्तेष्टि गरिने भएको छ।

    नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिए। ‘आज दिनभर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ र भोलि अन्त्येष्टि गर्ने कुरा भएको छ’, रिमालको भनाइ छ। नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो।

    नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ। अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ।

    नेम्वाङको सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा निधन भएको हो।