काठमाडौं– सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको छ। नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज राती निधन भएका नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए। यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिको दिन राष्ट्रिय बिदा दिने निर्णय समेत गरेको छ।
‘संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै राजकीय सम्मान दिने निर्णय भयो। उहाँको जुन दिन अन्तेष्टि गरिन्छ सोही दिन सरकारी बिदा दिइने निर्णय भयो,’ उनले भने।