काठमाडौँ– संविधान सभा अध्यक्ष समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ।
बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेर अघि सुरु भएको हो। बैठकले नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गर्ने बुझिएको छ। नेम्वाङको गए राति हृदयाघातबाट ७१ वर्षको उमेरमा निधन भएको थियो।