सरकार नै तस्करीमा संलग्न छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 16:06:10
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकार नै तस्करीमा संलग्न छ : अध्यक्ष ओली

    सरकार नै तस्करीमा संलग्न छ : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्धत्री केपी शर्मा ओलीले सरकार आफैँ तस्करीमा संलग्न रहेको बताएका छन्। आज (सोमबार)तेजाब आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको समेत बताए।

    ‘सरकार तस्करीमा संलग्न हुन्छ। तस्करहरुलाई समर्थन गर्छ। सरकार कमिशनखोरीमा डुब्छ। जनताका समस्या हेर्दैन,’ उनले भने– ‘जनता पीडामा छन्। म सरकारलाई सुझाव दिन चहान्छु, अनेक किसिमका स्टन्टबाजी होईन, भ्रष्टाचार नगर्नुस्, भ्रष्टाचार रोक्नुस्, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटोतर्फ लाग्ने काम गर्नुस्।’

    अध्यक्ष ओलीले तेजाब आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए।

    उनले भने– ‘यस्तो कार्य कहीँ पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस्, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस् र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ । तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नु पर्छ, यसको लागि उपचार सरकारले निशूल्क गरोस्।’