भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको छ, सारा षड्यन्त्रलाई असफल बनाएर अगाडि बढ्नेछौँ : गृहमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 16:01:59
  • सोमबार,मंसिर ०१, २०८३
  • भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको छ, सारा षड्यन्त्रलाई असफल बनाएर अगाडि बढ्नेछौँ : गृहमन्त्री

    भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको छ, सारा षड्यन्त्रलाई असफल बनाएर अगाडि बढ्नेछौँ : गृहमन्त्री

    काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बताएका छन्।

    आज (सोमबार) ज्यापु समाज यलको ३०औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई जनताले समर्थन गरेको समेत बताए। तर, यसलाई असफल पार्न विभिन्न हत्कण्डा देखा पर्न थालेको बताउँदै उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, यसले विराम लिओस् । फेरि तैचुप मैचुप होस् भनेर नयाँ षड्यन्त्र देखा पर्न थालेका छन्।’

    तर यस्ता षड्यन्त्रहरूलाई असफल बनाएर छाड्ने उनले बताए। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले भने, ‘म कबुल गर्न चाहन्छु, सुशासनको अभियान जारी राख्छौँ। सारा षड्यन्त्रलाई असफल बनाएर अगाडि बढ्ने छौँ।’