अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन प्रधानमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-11-16
  • 16:00:04
  • सोमबार,मंसिर ०१, २०८३
  • अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन प्रधानमन्त्रीको निर्देशन

    अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन्।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन्। भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो।

    लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएका छन्। ‘प्रधानमन्त्रीले त्यही छलफलमा प्रतिवद्धता जनाउनु भएको थियो, त्यसअनुसार मुख्य सचिवलाई निर्देशन दिनु भएको छ,’ स्रोतले भन्यो।