विराटनगर– जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसबन्धी संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको बताएका छन्।
आज (सोमबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले संविधान संशोधन गरेर यसलाई सच्याउनुपर्ने समेत बताए।
संसदीय व्यवस्था भनेको बहुमत प्राप्त दलले सरकार बनाउने र बहुमत नहुँदा सरकारबाट हट्ने भएको उनले बताए । अघि भने, ‘अर्कोले पनि बहुमत ल्याएन भने मध्यवधिमा जाने ह।’
तर संविधानमा पाँच चरण पार गर्नुपर्ने व्यवस्था भएको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए। उनले अघि भने, ‘जुन खालको संसदीय व्यवस्थाको संरचना संविधानमा निर्धारण गरिएको छ, त्यसमाथि पुनर्विचार गर्नुपर्छ।
निर्वाचन प्रणालीमा पनि त्रुटि रहेको उनको जिकिर छ। जसपा अध्यक्ष यादवले भने, ‘संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली फेरबदल गर्न जरुरी छ।’