६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प - Chaitanya News
  • 2026-11-16
  • 15:59:19
  • सोमबार,मंसिर ०१, २०८३
  • ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प

    ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै सोमबार भन्सार जाँचपास ठप्प पारेका छन्।

    सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ।विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए।

    ‘हामीले हिजै आन्दोलनका कार्याक्रम घोषणा गरेका हौं। हिजो पेन डाउन गर्‍यौं,’ ती अधिकृतले भने, ‘आजबाट सेवा ठप्प पारेका छौं। औषधिबाहेकको भन्सार जाँचपास आज हुँदैन।’ भोलि पनि सेवा अवरुद्ध हुने अधिकृतले भने।

    ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ।