अखिल क्रान्तिकारीको आन्तरिक विवाद समाधान उन्मुख, यस्ता छन् सहमतिका ८ आधार - Chaitanya News
  • 2026-11-16
  • 16:00:09
  • सोमबार,मंसिर ०१, २०८३
  • अखिल क्रान्तिकारीको आन्तरिक विवाद समाधान उन्मुख, यस्ता छन् सहमतिका ८ आधार

    अखिल क्रान्तिकारीको आन्तरिक विवाद समाधान उन्मुख, यस्ता छन् सहमतिका ८ आधार

    काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को आन्तरिक विवाद समाधान उन्मुख भएको नेताहरुले बताएका छन्।

    आज (सोमबार) प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन अनन्त र अखिल क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा विद्यार्थी नेताहरुसँग भएको छलफलपछि विवाद समाधान नजिक पुगेको दाबी नेताहरुको छ।

    अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका शर्माले बैठकपछिको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै अखिल क्रान्तिकारी एकताबद्ध भएको र यो आफ्ना लागि खुसीको क्षण भएको लेखेका छन्।

    अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएयता संगठनभित्रको विवाद उत्कर्षमा पुगेको थियो। नेता हितमान शाक्य फ्रयाक्सन इञ्चार्ज हुँदा पञ्चा नेतृत्वको कमिटी विधि र प्रक्रियाविपरीत गठन गरिएको भन्दै पवन कार्की समूहले समानान्तर गतिविधि गर्दै आएको थियो । अखिल क्रान्तिकारीभित्रको यो विवाद नेताहरुका लागि टाउको दुखाइको विषय भएको थियो।