नेपालमा साउन महिनामा ५१ करोडको जुस निर्यात - Chaitanya News
  • 2026-07-13
  • 18:27:08
  • सोमबार,आषाढ २९, २०८३
  • नेपालमा साउन महिनामा ५१ करोडको जुस निर्यात

    नेपालमा साउन महिनामा ५१ करोडको जुस निर्यात

    काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा विदेशबाट नेपालमा ५१ करोड ४५ लाख रुपैयाँको जुस निर्यात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा ५१ करोडभन्दा धेरैको जुस निर्यात भएको हो।

    यस अवधिमा नेपालबाट ८ करोड ३२ लाख रुपैयाँको फ्रोजन जुस निर्यात भएको छ। यस्तै, २४ लाख रुपैयाँको अंगुर जुस निर्यात भएको छ भने ४ करोड ९५ लाख रुपैयाँको भुईकटरको जुस निर्यात भएको तथ्यांक छ।

    यसबाहेक, साउन महिनामा ६७ लाख रुपैयाँको गोलभेडा जुस निर्यात भएको छ भने २ करोड ४७ लाख रुपैयाँको स्याउको जुस निर्यात भएको तथ्यांक छ। यस्तै, ३४ करोड ८० लाख रुपैयाँको मिक्स जुस निर्यात भएको विभागको तथ्यांकले देखाएको छ।