सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढुयो, चाँदीको कति? - Chaitanya News
  • 2026-05-26
  • 16:48:19
  • मंगलबार,जेठ १२, २०८३
  • सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढुयो, चाँदीको कति?

    सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढुयो, चाँदीको कति?

    काठमाडौं– आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।