काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनियटबीच एकता गर्नुपर्ने बताएका छन। आज (आइतबार) हेटौँडामा समाजवादी मार्चाले गरेको प्रदेशस्तरीय सन्देस सभामा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपालमा अब सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने बताएका समेत बताए।
गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सबै कम्युनिष्ट बीचको एकतामा उनले जोड दिए।
‘हामी सबै कम्युनिष्टले पटक–पटक फुट्दा कति समस्या हुन्छ भन्ने बुझिसक्यौँ। अब एक–अर्कालाई तिरस्कार, बहिष्कार नभई सत्कार गरेर कम्युनिष्ट एकता गर्नुपर्छ’, ‘प्रचण्डको भनाइ थियो।
फुट्दा र जुट्दाको दुवै अनुभवलाई लिएर अब नयाँ क्रान्ति सुरु गर्नुपर्ने उनले बताए। सरकारले अहिले सुशासनको लागि भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने अभियान सुरु गरेको बताउँदै उनले आफ्नो अभियानबाट केही प्रतिगामी तर्सिएको बताए।
‘प्रधानमन्त्रीले राम्रो काम गर्न खोज्दा अदालतमा मुद्दा हाल्ने काम भयो। यस्ता खाले समस्या समाधान गर्न सरकार डटेर लाग्छ’, प्रधानमन्त्रीले भने।
आफ्नो चीन र अमेरिकाको भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवाद दिशामा अघि बढेको दाबी गरे।