काठमाडौं– आज (आइतबार) सेयर बजार १०.२३ अंकले बढेको छ। बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो। यो ०.५२ प्रतिशतको वृद्धि हो।
आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ। आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ।
आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ। आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ।