जनतामा रहेको अन्योल अन्त्य गर्न मोर्चा निर्माण भएको हो : विप्लव - Chaitanya News
  • 2026-11-16
  • 16:14:02
  • सोमबार,मंसिर ०१, २०८३
  • जनतामा रहेको अन्योल अन्त्य गर्न मोर्चा निर्माण भएको हो : विप्लव

    जनतामा रहेको अन्योल अन्त्य गर्न मोर्चा निर्माण भएको हो : विप्लव

    काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा नेपाली जनताको नेतृत्व गर्न स्थापना भएको बताएका छन्।

    आज (आइतबार) समाजवादी मोर्चाले हेटौँडामा गरेको प्रदेशस्तरीय सन्देशसभामा बोल्दै ‘उनले यस्तो बताएका हुन्। यस्तै उनले जनतामा रहेको अन्योल अन्त्य गर्न मोर्चा निर्माण भएको समेत बताए।

    अहिले नेपाली जनतामा उकुसमुकुस पैदा भएको र नेपाली जनताले लडेर प्राप्त गरेको उपलब्धि फेरि गुम्ने त हैन भन्ने प्रश्न खडा भएको समयमा निर्माण भएको समाजवादी मोर्चाको उद्देश्य महत्त्वपूर्ण भएको उनको भनाइ छ।

    समाजवादी मोर्चा कुनै दलालहरूको षड्यन्त्र, सामन्तवादको खेलबाट भङ्ग नहुने बताउँदै ‘विप्लव’ले समाजवादी मोर्चा जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए।