शहरी क्षेत्रका जनताको मनोविज्ञान बुझेर आगामी दिनमा कार्यक्रम ल्याउनु आवश्यक : वर्षमान पुन - Chaitanya News
  • 2026-11-16
  • 16:20:51
  • सोमबार,मंसिर ०१, २०८३
  • शहरी क्षेत्रका जनताको मनोविज्ञान बुझेर आगामी दिनमा कार्यक्रम ल्याउनु आवश्यक : वर्षमान पुन

    शहरी क्षेत्रका जनताको मनोविज्ञान बुझेर आगामी दिनमा कार्यक्रम ल्याउनु आवश्यक : वर्षमान पुन

    काठमाडौँ– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनतासँग नेटवर्क विच्छेद हुँदा माओवादी कमजोर भएको बताएका छन। आज (आइतबार) जनतासँग माओवादी विशेष रुपान्तरणका क्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले काठमाडौँ गोंगबु–बालाजु क्षेत्रमा रहेका पुनले शहरी क्षेत्रका जनताको मनोविज्ञान बुझेर आगामी दिनमा कार्यक्रम ल्याउनु आवश्यक देखिएको समेत बताए।

    सुशासनको पक्षमा सरकारले चालेको कारवाहीप्रति जनताहरू उत्साहित देखिएपनि तल्लो तहमा हुने भ्रष्टाचार, अनिमियता, वेथितितर्फ सरकारको ध्यान नगएकोमा जनताको गुनासो रहेको उनले बताए। ‘सुशासनको पक्षमा सरकारले चालेको कारबाहीलाई लिएर जनताहरू उत्साहित देखिएका छन्। तर तल्लो तहमा हुने भ्रष्टाचार, अनिमियता, वेथितिबारे सरकारको ध्यान नगएकोमा गुनासो छ’, आइतबार रातोपार्टीसँग उनले भने– ‘जनता र माओवादीबीच नेटवर्क विच्छेद हुँदा काठमाडौँ उपत्यकामा पार्टी निकै कमजोर भएको छ। त्यसलाई सुधार गर्ने गरी आगामी दिनमा कार्यक्रम ल्याउँछौं।

    उनले प्रारम्भिक चरणको सुझावहरू रहेकाले पार्टी रूपान्तरणका विषयमा तीन महिने अभियान सकिएपछि गम्भीर समीक्षा गर्ने उनको भनाइ थियो ।