काठमाडौँ– नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज सुरेन्द्र कार्कीले माओवादीमा गम्भीर रोगको लक्षण देखिएको बताएका छन। आज (आइतबार) जनतासँग माओवादी विशेष अभियानको क्रममा झापा पुगेका कार्कीले यस्तो बताएका हुन्। यस्तै उनले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको समेत बताए।
उनले पार्टीमा टिबी लागेको हो कि अल्सर बिग्रेर क्यान्सर हुन लागेको त्यसको उपचारको खोजी भइरहेको जिकिर गरे। लक्षण हेर्दा पहिलो चरणको क्यान्सर हो कि भन्ने चिन्ता लागेको भन्दै उनले तीन महिने अभियानपछि रोग निदानका लागि गम्भीर समीक्षा हुने बताए।
‘माओवादीप्रति जनताको व्यापक गुनासो छ। शान्ति प्रक्रियामा आएपछि हाम्रो पार्टीमा गम्भीर रोगको लक्षण देखिएको छ। टिबी लागेको हो कि पहिलो चरणको क्यान्सर हो। त्यसको कारणको खोजी भइरहेको छ। तीन महिने अभियानपछि निदानका लागि गम्भीर समीक्षा हुन्छ’,कार्कीले भने।