काठमाडौं– सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिने भएको छ।
गत शुक्रबार नै अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको मन्त्रालयन स्रोतले जनाएको छ। आजदेखि स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गर्ने तयारी गरेको हो।
असार मसानतमा स्थानीय तहको सञ्चितको कोषमा करिब एक खर्ब १० अर्ब रहेको थियो। जसको ६० प्रतिशत करिब ६६ अर्ब हुन्छ। यस आधारमा वाणिज्य बैंकहरुमा ६० अर्ब भन्दा बढीले निक्षेप बढ्न जान्छ।