शशाङ्क कोइरालाले भने: चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत - Chaitanya News
  • 2026-11-16
  • 16:14:07
  • सोमबार,मंसिर ०१, २०८३
  • शशाङ्क कोइरालाले भने: चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत

    शशाङ्क कोइरालाले भने: चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत

    काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत छन् सोङले केहि दिन अगाडि दिएको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरीत भएको बताएका छन्।
    ब
    आज (आइतबार) नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए। यस्तै उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने समेत बताए।

    उनले चीन र भारत दुवै मित्र राष्ट्र भएकाले एकले अर्काको बारेमा टिप्पणी गर्नु भन्दा कूटनैतिक मर्यादामा रहेर कूटनैतिक सम्बन्ध राम्रो बाउन पर्नेमा जोड दिए।

    नेपाली काँग्रेसमा चरम गुटबन्दी भएकाले समस्या भएको बताउँदै काँग्रेसको गुटबन्दी रोक्न सबै एक हुन आवश्यक रहेको बताए।

    चिनियाँ राजदूतले केही दिन अगाडि भारतसँग नेपालको असमान विद्युत व्यापारसहितका समस्या रहेको भन्दै निर्भरता कम गर्दै जानुपर्ने बताएका थिए। १० अर्बको विद्युत निर्यात गरेर १९ अर्बको बिजुली किन्नु असमानता भएको उनको भनाइ थियो।

    नेपाली कांग्रेसमा चरमगुटबन्दी भएका कारण समस्या भएको बताउँदै गुटबन्दी रोक्न सक्ने सामथ्र्य आफूले मात्र राख्ने दाबीसमेत उनले गरे।
    गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने उनको भनाइ छ।

    वर्षात सकिएलगतै देश दौडाहमा जाने भन्दै उनले आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए।

    डा. कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि प्रष्ट्याए।

    सरकारले कृषिमा बजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने उनको भनाइ थियो।