चीनसँग नक्साको विषय जनताले थाहा पाउने गरी राख्नुस् : रास्वपा - Chaitanya News
  • 2026-11-16
  • 16:21:05
  • सोमबार,मंसिर ०१, २०८३
  • चीनसँग नक्साको विषय जनताले थाहा पाउने गरी राख्नुस् : रास्वपा

    चीनसँग नक्साको विषय जनताले थाहा पाउने गरी राख्नुस् : रास्वपा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सात बुँदे लिखित सुझाव दिएको छ।

    अमेरिका र चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीहरुले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका थिए।

    सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले सातबुँदे लिखित सुझाव दिएका छन्। रास्वपा नेता डोलप्रसाद अर्यालले भने, ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो भनेका छौं।’

    नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ।

    दलहरुले आसन्न चीन भ्रमणमा यसलाई एजेन्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन्।