सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-05-26
  • 16:48:56
  • मंगलबार,जेठ १२, २०८३
  • सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– आज सताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो।

    यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको।

    यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।