राष्ट्रिय सभाको बैठक स्थगित - Chaitanya News
  • 2026-11-16
  • 16:33:45
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रिय सभाको बैठक स्थगित

    राष्ट्रिय सभाको बैठक स्थगित

    काठमाडौं– राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

    भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ।

    अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

    संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका दिएका छन्।