नेपालमा छिट्टै लगानी शिखर सम्मेलन आयोजना गर्दैछौं : अर्थमन्त्री डा. महत - Chaitanya News
  • 2026-07-13
  • 18:27:12
  • सोमबार,आषाढ २९, २०८३
  • नेपालमा छिट्टै लगानी शिखर सम्मेलन आयोजना गर्दैछौं : अर्थमन्त्री डा. महत

    नेपालमा छिट्टै लगानी शिखर सम्मेलन आयोजना गर्दैछौं : अर्थमन्त्री डा. महत

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन्। आज (शुक्रबार) सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने सो घोषणा गरेका हुन्।

    यस्तै महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने बताए। त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे।

    नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिनेसमेत अर्थमन्त्री महतले बताए।

    उनले भारतमा १० हजार मेघावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए।