गृहमन्त्रीश्रे ष्ठको राजीनामा माग्दै तरुण दलको प्रदर्शन - Chaitanya News
  • 2026-11-16
  • 16:33:30
  • सोमबार,मंसिर ०१, २०८३
  • गृहमन्त्रीश्रे ष्ठको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

    गृहमन्त्रीश्रे ष्ठको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

    काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा गुहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै तरुण दलले विरोध प्रदर्शन गरेको छ।

    तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो।

    उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो।

    तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो। आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।