निजामती सेवा दिवस: दैलेखका कर्मचारीले निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै हातमा कालो पट्टी बाधेँर गरे पेन डाउन - Chaitanya News
  • 2026-07-16
  • 10:22:48
  • बिहिबार,आषाढ ३२, २०८३
  • निजामती सेवा दिवस: दैलेखका कर्मचारीले निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै हातमा कालो पट्टी बाधेँर गरे पेन डाउन

    निजामती सेवा दिवस: दैलेखका कर्मचारीले निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै हातमा कालो पट्टी बाधेँर गरे पेन डाउन

    दैलेख– निजामती सेवा दिवसको दिन दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कर्मचारीले एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै पेन डाउन गरेका छन्। आज (शुक्रबार) निजामती सेवा दिवुका दिन गाउँपालिकाका कर्मचारीहरूले विरोधस्वरुप हातमा कालो पट्टी बाँधेर सो माग गर्दै पेन डाउन गरेका हुन्।

    गाउँपालिकामा कार्यरत कर्मचारीहरूले संयुक्त विज्ञप्तीमार्फत् कर्मचारीहरूले संघीय निजामती सेवा ऐन नभइ निजामती सेवा ऐन ल्याउनुपर्ने माग गरेका छन्। विज्ञप्तीमार्फत् कर्मचारीहरूले सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार संघीयताको मुटु मानिने स्थानीय तह मात्र हुने र बढुवामार्फत् प्रदेश र संघीय निजामती सेवामा जाने प्रावधान राखिनुपर्ने माग गरेका छन्।

    यस्तै सरुवा प्रणालीलाई सहमतिको आधारमा नभइ अनुमानयोग्य चक्रिय प्रणालीमा आधारित हुनुपर्ने,अन्तर प्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनुपर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीलाई समेट्नुपर्ने माग कर्मचारीको ।