चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस, को–को हुँन? - Chaitanya News
  • 2026-05-02
  • 22:00:18
  • शनिबार,बैशाख १९, २०८३
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस, को–को हुँन?

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस, को–को हुँन?

    काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।

    स्रोतका अनुसार आयोगको उपाध्यक्ष पदको लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको हो।

    आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि पहिलो नम्बरमा डा. झा, दोस्रो नम्बरमा डा. मिश्र र तेस्रो नम्बरमा डा. गिरीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको स्रोतको दाबी छ।

    नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा। झा नेपाली कांग्रेस निकटका चिकित्सक हुन्। डा. आयोगका वर्तमान उपाध्यक्ष समेत रहेका छन् भने डा. गिरी भने माओवादी निकट मानिन्छन्। त्यस्तै, डा. मिश्र पूर्वस्वास्थ्य सचिव हुन्। उनी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट समेत मानिने चर्चा छ।

    उनीहरू तीनै जनाले राजनैतिक लबिङ गरिरहेको बुझिएको छ। वर्तमान उपाध्यक्ष डा। गिरीको कार्यकाल भदौ २५ मा सकिँदैछ।

    नाम सिफारिस भएको तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षमा नियुक्ति गर्छ।

    आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो। उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौ १७ र १८ गते अन्तरर्वार्ता र प्रस्तुतिकरण हेरेको थियो।

    आयोगको उपाध्यक्ष पदका लागि प्रा.डा. संगिता सिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.डा. पियुस दाहाल र प्रा।डा। विधान निधि पौडेलले दरखास्त दिएका दिए।

    वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खालीले आवेदन दिएका थिए।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ। ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिहरू मध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ। ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ।

    आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ। प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन्।

    ऐनको दफा–२३ को उपदफा ‘१’ मा उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न नेपाल सरकारले सिफारिस समिति गठन गर्ने व्यवस्था छ। ऐनको दफा–२३ को उपदफा ‘१’ को (क) मा लोकसेवा आयोगको अध्यक्षको संयोजकत्वमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने प्रावधान छ।